परराष्ट्रमन्त्री खड्काले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको भनेपछि…

परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले एसपीपी अघि नबढाउने सरकारको निर्णय साउन ९ गते नै कूटनीतिक माध्यमबाट लिखित जानकारी अमेरिकी सरकारलाई पठाइएको जानकारी दिए । एसपीपी अघि नबढाउने निर्णय ६ असार २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।



‘साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णयसहितको लिखित जानकारी अमेरिकी सरकारलाई गराइसकेको छ । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो’ परराष्ट्रमन्त्री खड्काले भने । अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

सम्बन्धित समाचार