नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।
वेस्ट इन्डिजविरुद्ध को पहिलो टी-२० खेलमा भारत विजयी भएको छ । शुक्रबार राति भएको खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले पराजित गरेको हो ।
तरौबामा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले भने दिनेश कार्तिक ४१ रनमा अविजित रहे । त्यस्तै सूर्यकुमार यादव २४ रन बनाई आउट भए भने रविचन्द्र जडेजाले १६ रन जोड्दा ऋषव पन्तले १४ र रविचन्द्र आश्विन १३ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि अल्जारी जोसेपले २ विकेट लिए ।
१९१ रनको लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन मात्र बनायो । वेस्ट इन्डिज लागि समर्च शम्राह ब्रुक्सले २० रन बनाए भने केमो पाउल १९ रनमा अविजित रहे । त्यस्तै निकोलस पुरण १८ रन बनाई आउट भए भने केली मेयर्सले १५ रन जोडे । भारतका लागि अर्सदीप सिंह, रविचन्द्रन आश्विन र रवि विश्वईले समान २-२ विकेट लिए । जितसँगै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो टी-२० सोमबार हुनेछ।