नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् । आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले काफ्लेलाई ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकर, मन्त्रिपरिषद्को सिफारिसमा श्री निर्मलराज काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति