जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त (विज्ञप्तिसहित)

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् । आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम  मन्त्री पदमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकेकी छन् ।



मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । शर्माले आजै साढे ५ बजे पद तथा गोपनियताको शपथ लिनेछन् । यसअघि आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले छानबिन समितिलाई सहयोग गर्ने भन्दै गत असार २२ गते राजीनामा दिएका थिए । तर छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै शर्मालाई निर्दोष ठहर गरेको थियो ।संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो । अर्थ मन्त्रालयका पदाधिकारीसँग गरेको छलफल, प्राप्त कागजात र सीसीटीभी फुटेजको अध्ययनमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको समितिको निष्कर्ष निकालेको हो ।

विज्ञप्ति :

विज्ञप्ति :

सम्बन्धित समाचार