महिला युरोकपको उपाधि इंग्ल्यान्डलाई

महिला युरोकप २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा आयोजक राष्ट्र इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै उपाधि जितेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले समान १-१ गोल गरे भने जर्मनीका लिना मागुलले एक गोल गरिन् । वेम्बलीमा भएको निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । तर,खेलको ७९ औं मिनेटमा जर्मनीको लागि लिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याईन् ।



निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११० औं मिनेटमा केलीले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाईन् । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल इंग्ल्यान्डले २-१ को पक्षमा पार्दै पहिलो पटक महिला युरोकपको उपाधि जित्यो ।

सम्बन्धित समाचार