कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ८९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ५ हजार ९०९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ६८५ जनाको पीसीआर परीक्षण गर्दा ६३२ जना र २ हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा २६३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २६४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७० हजार ३२६ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ । जसमध्‍ये ४ हजार ७९२ जना होम आइसोलेसनमा छन् भने १४२ जना संस्थागत आइसोलेसन ३६ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८७ हजार २२८ र एन्टिजेन विधिबाट १ लाख ४२ हजार ८९६ जना पुगेको छ ।

 

सम्बन्धित समाचार