नेपाल आज बंगलादेशसँग खेल्दै

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको चौथों तथा अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । आज (मंगलबार) भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

नेपाल बंगलादेशलाई पराजित गर्दै लगातार तेस्रो जित निकाल्ने योजनाका साथ् मैदान उत्रदैछ। तर, बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न भने त्यतै सहज छैन । यता बंगलादेश पनि नेपाललाई पराजित गर्ने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुग्ने सुरमा रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको र नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेतमा भर पर्नु पर्नेछ । नेपाल अनुकुल नतिजा आए मात्र नेपाल फाइनल प्रवेश गर्नेछ ।



पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको थियो भने तेस्रो खेलमा भारतसँग ८-० ले पराजित भएको थियो । नेपाल ३ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने ३ खेलमा ९ अंक जोडेको बंगालदेश शीर्ष स्थानमा रहेको छ । साफ यू-२० च्याम्पियनसिपमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले अन्तिम खेल बंगलादेशसँग मंगलबार खेल्नेछ । प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

 

सम्बन्धित समाचार