प्रजातन्त्र सेनानी वादेको निधन

प्रजातन्त्र सेनानी गोपालदास वादेको निधन भएको छ । आज (बुधबार) बिहान ३ बजे वादेको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

‘गान्धीवादी नेता’का रूपमा चिनिने वादेको काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहेका उनका छोरा कञ्चनचन्द्र जानकारी दिए । वादे महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए । तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए ।



वादेको घर तत्कालीन अवस्थामा कांग्रेसका संस्थापक विपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतको समेत आश्रयस्थल रहेको बताइन्छ । स्व. वादेका दुई छोरा र दुई छोरी छन् ।

सम्बन्धित समाचार