कोरोना संक्रमितको संख्या बढ्दै, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार २ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३०१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७० हजार ९२५ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ४३३ रहेको छ । जसमध्‍ये ५ हजार २७५ जना होम आइसोलेसनमा छन् भने १५८ जना संस्थागत आइसोलेसन ४३ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८८ हजार ३२७ र एन्टिजेन विधिबाट १ लाख ४३ हजार ५२६ जना पुगेको छ ।

सम्बन्धित समाचार