नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । आज (बिहीबार) दिउँसो १ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय मितिबारे निर्णय हुने सम्भावना रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । यस अघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा निर्वाचन मंसिर ४ मा गर्ने सहमति भएको थियो । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरेको छ ।
तर निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा संघीय तथा प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने तयारीमा छन् । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।