मन्त्रिपरिषद्‌ बैठकले गर्यो यस्तो निर्णय

मन्त्रिपरिषद्‌ बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवा हुनेहरुमा अर्थ मन्त्रालय सचिव मधु मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा सरुवा भएको एक नेताले जानकारी दिए । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।



त्यस्तै बैठकले महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । यसैगरी डिल्लिराम शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

यस्तै बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय पनि गरेको छ । बैठकले अरुणकुमार सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले बताए ।

 

सम्बन्धित समाचार