नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
भारतले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ । शनिबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै पाँच खेलको टी-२० सिरिज एक खेल अगाबै ३-१ ले आफ्नो पक्षमा पारेको हो ।
वेस्ट इन्डिजको लाउडेरहिलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्तले ४४ रन बनाए भने कप्तान रोहित शर्माले ३३ रन जोडे । त्यस्तै सन्जु सामसन ३० रनमा अविजित रहँदा सुर्य कुमार यादवले २४ र दिपक होडाले २१ रन बनाए । वेस्ट इन्डिजका लागि ओबेड म्याकोइ र अल्जारी जोसेपले समान २-२ विकेट लिए ।
१९२ रनको लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज १९ दशमलव १ बलमा अलआउट हुँदै १३२ रनमा समेटिएको थियो । उसका लागि कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४-२४ रन बनाए भने सिम्रन हिटमायरले १९ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिए भने अक्षर पटेल,रवि बिष्नोई तथा आभेस खानको भागमा समान २-२ विकेट रह्यो । यी दुई दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी- ट्वान्टी आइतबार हुनेछ ।