आज कति संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ७८९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ४५१ जना र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४३३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७२ हजार ४९७ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६५९ रहेको छ । जसमध्‍ये ५ हजार ५०७ जना होम आइसोलेसनमा छन् भने १५२ जना संस्थागत आइसोलेसन ४५ जना  आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९० हजार १२७ र एन्टिजेन विधिबाट १ लाख ४४ हजार ६११ जना पुगेको छ ।

 

सम्बन्धित समाचार