नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले संघीय निर्वाचन जुम्लाबाट लड्ने घोषणा गरेका छन् । आज (सोमबार) राजधानीमा एक कार्यक्रम गर्दै आफू संघीय निर्वाचन जुम्लाबाट लड्ने घोषणा गरेका हुन् ।
उनले आफ्नो मातृभूमि प्यारो लाग्ने भन्दै जुम्लाबाटै चुनाव लड्ने निर्णय लिएको बताए । कार्यक्रममा उनले पार्टीले आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव गरेपनि आफूले जन्मभूमि रोजेको बताए ।
उनले जुम्लाले आफूलाई हराए पनि कुनै पश्चाताप नरहने बताए । ‘जिताउने हराउने जे भए पनि मेरै दाजुभाइहरुले गर्नेछन्, यसमा मेरो पश्चाताप रहने छैन भनेर मैले जुम्ला रोजेको हुँ ’ शाहीले भने ।