नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर मनोज प्रभाकर नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो ।

प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।



अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षक रहिसकेका प्रभाकरले रणजी ट्रफीमा टिम दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक रुपमा पनि काम गरिसकेका छन् । ५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए । ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु’ उनले भने ।

 

 

 

 

सम्बन्धित समाचार