नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) बिहान ११ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यसैगरी बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने लगायतको सम्भावित कार्यसूची छ ।
भिडियो –
भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल