कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, २ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १०९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार ३०० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ५६० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४३८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७३ हजार ४०५ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ रहेको छ । जसमध्‍ये ५ हजार ५९३ जना होम आइसोलेसनमा छन् भने २१३ जना संस्थागत आइसोलेसन ६१ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९१ हजार १८५ र एन्टिजेन विधिबाट १ लाख ४५ हजार ५७७ जना पुगेको छ ।

सम्बन्धित समाचार