नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
यूईएफए सुपर कपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले उपाधि जितेको हो ।
रियललाई उपाधि दिलाउन डेभिड अलबा र करिम बेन्जिमाले समान १-१ गोल गरे । हेलसिन्कीको ओलम्पिक स्टेडियममा भएको एकतर्फी खेलमा खेलको ३७ औं मिनेटमा अलबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा रियलले थप एक गोल गर्यो ।
खेलको ६५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसपछि थप समयमा दुबै टोलीबाट गोल भएन र खेल रियलले २-० ले आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । जितसँगै रियलले यूईएफए सुपर कपको उपाधि पाँचौं पटक जितेको छ ।