नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो ।
चुनावी घोषणा पत्र मस्यौदा समिति गठन उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला रहेका छन् । त्यस्तै बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मेवारी तोकेको छ ।
यस्तै कार्यालय सचिव गंगालाल तुलाधारलाई निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि जिम्मेवारी तोकेको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।