काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गर्यो यस्तो निर्णय (निर्णयसहित)

उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मेवारी देउवालाई

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रत्यक्ष र समानुपातिक दुबै तहका उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । ‘‘२०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने’ बैठकको निर्णयमा उल्लेख छ ।



त्यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय पनि गरेको छ । बैठकले मङ्सिर ४ गते हुने निर्वाचनका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ । यस्तै बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि काँग्रेसले भदौ २ गते २५ गते देखि निर्वाचन अभियानको गर्ने निर्णय गरेको थियो ।

निर्णय

निर्णय

सम्बन्धित समाचार