नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (आइतबार) बिहान ११ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, अर्थमन्त्री शर्माले नै ‘बिमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
भिडियो –
भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल