प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने सहमति भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा दुबै नेताबीच एउटै चुनाव चिह्न प्रयोग गरेर निर्वाचनमा जाने सहमति भएको हो ।

त्यस्तै छलफलमा दुई पार्टीले एउटै घोषणापत्र लिएर निर्वाचनम जाने पनि सहमति भएको छ । भेटवार्तामा नेपाल समाजवादी केन्द्रका अध्यक्ष महेन्द्र राय यादवको पनि सहभागिता रहेको थियो । आइतबारको छलफल मौखिक समझदारीमा पुगिसकेको र सोमबारसम्म लिखित समझदारी बनाइने नेपाल समाजवादी केन्द्रका एक नेताले जानकारी दिए ।



निर्वाचनमा कसरी जाने भन्ने विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको थियो । त्यस्तै भेटवार्तामा सत्तारुढ गठबन्धनमा नेसपाको सहभागिताबारे पनि कुराकानी भएको थियो ।

सम्बन्धित समाचार