कोरोनाका कारण २ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ८२९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३०२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७५ हजार ६०९ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ । जसमध्‍ये ५ हजार २४६ जना होम आइसोलेसनमा छन् भने १८९ जना संस्थागत आइसोलेसनमा, ६५ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९३ हजार ३२ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार ९१२ जना पुगेको छ ।

 

सम्बन्धित समाचार