फोहोर फाल्न नदिने राजनीतिक दलको निर्णयप्रति यसो भने बालेनले

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपत्यकाको फोहोर व्यवस्थापनमा फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै राजनीति दलका प्रतिनिधिहरुप्रति असन्तुस्टी जनाएका छन् । मेयर शाहले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ भन्दै प्रश्न समेत गरेका छन् ।

आइतबार सामाजिक संजाल मार्फत उनले यस्तो बताएका हुन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेपछि मेयर शाहले यस्तो प्रतिक्रिया दिएका हुन् ।



उनले फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गरेका छन् । ‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं। राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन’ बालेनले फेसबुकमा लेखेका छन् ।

त्यस्तै उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा पुगेका गाडीलाई आजपनि राजनीतिक दल र स्थानीयले अवरोध गरेका छन् । धुनिबेंसी– १ मा स्थानीय राजनीतिक दलले फोहर बोकेर गएको गाडीलाई रोकेको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

सम्बन्धित समाचार