नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश निर्वाचनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले भट्टराई र गौतमलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचा लड्ने सहमति गरेको हो ।
यसअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईमाओवादीको चिह्न प्रोग गरेर निर्वाचन लड्ने भइसकेको छ । बैठकले नेकपा वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत गर्छौ । उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं,’ महराले भने । त्यस्तै भट्टराई र गौतमले केही शर्त राखेको र उक्त विषयमा थप छलफल गरिने महराले जानकारी दिए ।