कोरोनाका कारण १ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ५ हजार ६१९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३९९ जना र २ हजार ८९७ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५२६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७६ हजार ६०९ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार २५९ रहेको छ । जसमध्‍ये ५ हजार ६२ जना होम आइसोलेसनमा छन् भने १९७ जना संस्थागत आइसोलेसनमा, ६८ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९३ हजार ८५८ र एन्टिजेन विधिबाट १ लाख ४७ हजार ८२२ जना पुगेको छ ।

 

 

 

सम्बन्धित समाचार