रवि लामिछाने नेतृत्वको पार्टीद्वारा प्रदेशसभा निर्वाचन नलड्ने निर्णय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचन नलड्ने निर्णय गरेको छ। बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचन लड्ने निर्णय गरेको हो ।

आगामी मंसिर गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मध्ये आफ्नो पार्टीले प्रदेशसभा निर्वाचन लड्ने निर्णय गरेको लामिछानेले जानकारी दिए । ‘दुई तहको निर्वाचनमध्ये, यस पटकको हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । आगामी निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ’ रविले भने ।



त्यस्तै लामिछानेले निर्वाचन आयोगमा प्रदेश तहमा सहभागी नहुने कुराको जानकारी गराएको उल्लेख गरे । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले विभिन्न जिल्लाहरुमा चुनावी कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित समाचार