यी हुन् निर्वाचन आयोगमा दर्ता भएका ८४ दल (सूचीसहित)

१२ दल एकल चुनाव चिन्हमा लड्ने

निर्वाचनमा आयोगमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् ।

सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएको जानकरी दिए ।



निर्वाचन आयोगले दल दर्ता अवधि भदौ २२ गतेबाट ३१ गतेसम्म तोकेको थियो । यस्तै आयोगका अनुसार नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित १२ राजनीतिक दलले एकल चुनाव चिह्नमा निर्वाचन लड्न निवेदन दिएका छन्।आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ ।

यी हुन् निर्वाचन आयोगमा दर्ता भएका ८४ दल 

यी हुन् निर्वाचन आयोगमा दर्ता भएका ८४ दल 

यी हुन् निर्वाचन आयोगमा दर्ता भएका ८४ दल 

सम्बन्धित समाचार