मेयर हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण (सूचीसहित)

सुनसरी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले आफूले १०० दिनमा गरेको कार्यको सूची सार्वजनिक गरेका छन् । आज (बिहीबार) मेयर साम्पाङ समजिक्क संजाल फेसबुक मार्फत आफ्नो कामको सूची सार्वजनिक गरेका हुन् ।

मेयर साम्पाङले १०० दिनमा के गरिस तैंले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै १३ बुँदामा आफ्नो कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले कामको पहिलो नम्बरमा नेपालमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन् ।



त्यस्तै उनले धरानमा ४ ठाउँबाट खानेपानीको मूहान थपेको, वृक्षारोपण गरेको लगायतको काम गरेको फेसबुक पेजमा उल्लेख गरेका छन् ।

१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ :

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४. ६ लाख विरुवा रोपें
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
९. लागु औषध विरुद्धको अभियान शुरु गरें
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

मेयर हर्कराज राई

सम्बन्धित समाचार