नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बुधवार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकले यस्तो निर्णय गरेको छ ।

बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रियाबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए । त्यस्तै बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ ।



यसअघि नै माओवादी केन्द्र एकताका लागि निर्णय गरिसकेको थियो । नेकपा एमालेबाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । यस्तै बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि छलफल भएको एकीकृत समाजवादीले जनाएको छ ।

सम्बन्धित समाचार