नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदौ ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु भएको हो ।
आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने कार्यासूची संसद् सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने कार्यासूची छ ।
यसअघि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा जस्ताको त्यस्तै पठाउने निर्णय गरेको थियो ।
भिडियो –
भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल