आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ५४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ९३० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४२१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७७ हजार ३५८ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ रहेको छ । जसमध्‍ये  ५ हजार ६७ जना होम आइसोलेसनमा छन् भने १९८ जना संस्थागत आइसोलेसनमा, ५४ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९४ हजार ६१३ र एन्टिजेन विधिबाट १ लाख ४८ हजार ४६१ जना पुगेको छ ।

सम्बन्धित समाचार