नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।
घरेलु टोली नेदरल्याण्डविरुद्धको एकदिवसीय सिरिज पाकिस्तानले जितेको हो । बिहीबार राति भएको खेलमा नेदरल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले तीन खेलको सिरिज २-० ले जितेको हो ।
पाकिस्तानले एक खेल अगावै सिरिज जितेको छ । नेदरल्याण्डको रोटरडममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४४ ओभर १ बलमा अलआउट हुदै १८६ रनमा समेटिएको थियो । उसका लागि बास डि लिड र टम कुपरले अर्धशतकीय पारी खेल्दै क्रमश: ८९ र ६६ रन बनाए । त्यस्तै लोगान भान बिकले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । पाकिस्तानको लागि हरिस रौफ ए मोहम्मद नवाजले समान ३/३ विकेट लिए भने नसिम शाहले २ विकेट लिँदा सादव खान र मोहम्मद वासिमको भागमा समान १/१ विकेट रह्यो ।
१८७ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि मोहम्मद रिजवान, बाबर अजाम र आगा सलमानले अर्धशतकीय पारी खेल्दै क्रमश: ६९ ,५७ र ५० रन बनाए । नेदरल्याण्डको लागि भिभिएन किंग्माले २ विकेट लिए भने आर्यान दत्तको भागमा १ विकेट रह्यो । यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ ।