कहिले टुंगो लाग्छ माओवादी केन्द्रको पदाधिकारी ?, यसो भन्छन् महरा

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक अनिर्णीत बनेको छ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी टुंगो लगाउने विषयमा बसेको बैठक अनिर्णीत बनेको हो ।

नेता कृष्णबहादुर महराले पुनःभोलि १ बजे बस्ने बैठकले पधिकारीलाई अन्तिम रुप दिने जिकिर गरे । आज स्थायी समितिको बैठक बस्यो, पदाधिकारी र पार्टी कार्यक्रमका विषयमा विस्तृत छलफल भयो’, पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको जानकारी दिँदै उनले भने, ‘भोलि अपराह्न १ बजे बस्ने बैठकबाट टुंगो लाग्छ ।’



पदाधिकारी चयनका विषयमा पार्टीभित्र निकै गहन छलफल भएको उनको भनाइ छ । “विवादका कारण पदाधिकारी चयन गर्न नसकिएको भन्ने होइन’, नेता महराले भने, ‘पदाधिकारी चयन तथा कार्यक्रमका बारेमा विस्तृत र गम्भीररुपमा छलफल भएको छ। अब छलफल गर्न बाँकी विषय छैनन्, भोलि अपराह्न १ बजे बस्ने बैठकले अन्तिमरुप दिन्छ ।’ महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन ।

 

सम्बन्धित समाचार