प्रतिनिधिसभाको बैठक स्थगित (सूचनासहित)

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार दिउँसो १ बजेको लागि तोकिएको बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार को बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित गरेका हुन् । नेपाली कांग्रेसका सांसदहरुले गिरीको श्रद्धाञ्जलीसभामा उपस्थित हुने भन्दै बैठक स्थगित गर्न सचिवालयलाई अनुरोध गरेका थिए ।



संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भदौ ६ गते दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक भदौ ६ गते सोमबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको योगीले जानकारी दिए ।

सूचना

सूचना

सम्बन्धित समाचार