कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गर्यो यस्तो निर्णय

नेपाली कांग्रेसले प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार कांग्रेस नेता गिरीको निधन पछि पार्टी कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले तीन सम्म पार्टीको झण्डा आधा झुकाउने पनि जनाएको छ । बैठकले भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।



त्यस्तै कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुने जनाएको छ । यस्तै १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने र भदौ १६ गते केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने कांग्रेसले बताएको छ । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो ।

 

सम्बन्धित समाचार