आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ४२३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ८१६ जनाको पीसीआर परीक्षण गर्दा २०२ जना र १ हजार ६०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४७९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७८ हजार ९०१ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ३४८ रहेको छ । जसमध्‍ये ४ हजार १५५ जना होम आइसोलेसनमा छन् भने १९३ जना संस्थागत आइसोलेसनमा, ५१ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९५ हजार २४१ र एन्टिजेन विधिबाट १ लाख ४९ हजार ४१ जना पुगेको छ ।

 

सम्बन्धित समाचार