नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज न्युजिल्याण्डले जितेको छ । सोमबार बिहान भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्डले तीन खेलको सिरिज २-१ ले जितेको हो ।
बारबाडोसमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । उसका लागि कायल मेयर्सले १०५ रनको शतकीय पारी खेले भने निकोलस पुरन तथा शाही होपले अर्धशतकीय पारी खेल्दै क्रमश: ९१ र ५१ रन बनाए । त्यस्तै अल्जारी जोसेप २० रनमा अविजित रहे । न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए भने मिचेल स्टानरको भागमा २ विकेट रह्यो ।
३०२ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्याण्डले ४७ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि टोम लेथम, ड्रयाल मिचेल, मार्टिन गु प्टिल र डेभोन कोन्वेले अर्धशतकीय पारी खेल्दै क्रमश: ६९, ६३, ५७ र ५६ रन बनाए । यस्तै जेम्स निसम ३४ र मिचेल बार्किवेल १४ रनमा अविजित रहे । घरेलु टोलीका लागि जेसन होल्डर र यानिक कारिकले समान २-२ विकेट लिए भने अल्जारी जोसेपको भागमा १ विकेट रह्यो ।