नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
प्रतिनिधिसभाको बैठक बस्दै छ। आज (सोमबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यासूची रहेको संसद सचिवालयले जनाएको छ । क्यान्सर रोगबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो।यसअघि आइतबारका लागि तय भएको बैठक संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको थियो ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भदौ ६ गते दिउँसो १ बजेका लागि राखिएको उल्लेख थियो । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक भदौ ६ गते सोमबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको योगीले जानकारी दिएका थिए ।
कार्यसूची