नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ६५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ६४३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जना र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४५६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७९ हजार ३५७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार २९६ रहेको छ । जसमध्ये ४ हजार १३४ जना होम आइसोलेसनमा छन् भने १६२ जना संस्थागत आइसोलेसनमा, ५० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९५ हजार ६४६ र एन्टिजेन विधिबाट १ लाख ४९ हजार २९४ जना पुगेको छ ।