प्रतिनिधिसभा बैठक – LIVE

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) बिहान १० बजेबाट संघीय संसद भवन नयाँ वानेश्वरमा बैठक सुरु भएको हो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



त्यस्तै बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

भिडियो –

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार