नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदौ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार साँझ स्वास्थ्यमा समयस आएपछि उनले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकसमेत रहेका कांग्रेसका महामन्त्री सिटौलालाई कोरोना सङ्क्रमण देखिएको र उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईले जानकारी दिए ।
उनी अहिले चिकित्सकको परामर्शअनुसार होम आइसोलेसनमा बसेका छन् । मंगलबार निर्वाचनमा सिट बाँडफाँटको विषयमा सत्ता गठबन्धनको बैठक बसिरहेको बेला स्वास्थ्यमा समस्या देखिएपछि सिटौला बैठकबाट बाहिरिएका थिए ।