कोरोनाका कारण १ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार १७७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १६४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७९ हजार ९३८ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार २९८ रहेको छ । जसमध्‍ये ४ हजार १२३ जना होम आइसोलेसनमा छन् भने १७५ जना संस्थागत आइसोलेसनमा, ५० जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९६ हजार २३१ र एन्टिजेन विधिबाट १ लाख ४९ हजार ८३० जना पुगेको छ ।

 

सम्बन्धित समाचार