नेपाल केन्यासँग पहिलो खेल खेल्दै

केन्या टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्ध पहिलो टी-२० अन्तराष्ट्रिय खेल खेल्दैछ । आज (बिहीबार) केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।

केन्याविरुद्ध नेपालले पाँच खेलको टी-२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल आज केन्यालाई पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनाका साथ मैदान उत्रदैछ भने घरेलु टोली केन्या पनि नेपाललाई हराउदै जितको साथ सिरिज सुरुवात गर्ने सुरमा रहेको छ ।



यसअघिको नतिजा हेर्ने हो भने नेपालले केन्यासँग दुई खेल खेलेको थियो जसमा दुवै खेलमा नेपाल विजयी भएको थियो । नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको लागि यो पहिलो खेल हो । आज पहिलो टी-२० खेल खेल्न लागेको नेपालले, दोस्रो खेल भदौ १० मा, तेस्रो खेल भदौ १२ मा, चौथों भदौ १३ मा र पाँचौं तथा अन्तिम टी-२० खेल भदौ १४ मा खेल्ने तालिका रहेको छ । यस्तै नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय भदौ १७ मा, दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।

 

 

सम्बन्धित समाचार