नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक/पूर्वसैनिकसँग नागरिकता विधेयकबारे परामर्श गर्नु नेपालको संविधान अनुकूल नभएको बताएका छन् । बिहीबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
भट्टराईले राष्ट्रपतिलाई संविधानले स्वविवेकीय अधिकार नदिएको भन्दै चुनावको मुखमा राष्ट्रवादी उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको टिप्पणी गरे । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा बुधबार सैनिक/पूर्वसैनिक अधिकारीसँग परामर्श गरेकी थिइन् ।
भट्टराईले ट्विटरमा लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन । नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा राष्ट्रवादी उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन !’
भट्टराईको ट्विट