कोरोनाका कारण ३ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ९५४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३०७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८० हजार २४५ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार १९९ रहेको छ । जसमध्‍ये ४ हजार २६ जना होम आइसोलेसनमा छन् भने १७३ जना संस्थागत आइसोलेसनमा, ५० जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९६ हजार ४४२ र एन्टिजेन विधिबाट १ लाख ५० हजार ६३ जना पुगेको छ ।

 

सम्बन्धित समाचार