राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

राष्ट्रियसभाको बैठक बस्दै छ । आज (आइतबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

आजको बैठकको शुरुमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।



त्यस्तै बैठकमा राष्ट्रियसभाका सचिव फुँयालले प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५’, ’पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ’सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ’सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ ।

कार्यसूची

कार्यसूची

 

 

 

सम्बन्धित समाचार