नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । आइतबार ओली निवास बालकोटमा साँझ ६ बजे अधय्क्ष ओली र मिश्रबीच भेटवार्ता भएको हो ।
भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता लगायत विषयमा कुराकानी भएको मिश्रले बताए ।
करिब अढाई घण्टा चलेको भेटवार्तामा ओलीले आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको नेपालको चुच्चे नक्सा अंकित एक र दुई रुपैयाँका एक मुठी सिक्का आफूलाई उपहार दिएको मिश्रले जानकरी दिए । मिश्रले ओलीसँग भएको भेटवार्ताको विषय सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।
यस्तो छ वीन्द्र मिश्रको फेसबुक पोष्ट :