प्रतिनिधिसभा बैठक – LIVE

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (सोमबार)बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो ।

आजको बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । उनले यसअघिको बैठकमा सदनमा संशोधित विधेयक पेस गरेका थिए।



यसैगरी बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराइने, सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउने कार्यसूची छ।

त्यस्तै बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिकी सभापति निरादेवी जैरुले दुई प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

भिडियो –

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार