नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।
माओवादी कार्यकर्ताले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौंबाट उम्मेद्वार बनाउन अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । कुलमानको लोकप्रियतालाई पार्टीको पुँजीका रूपमा संस्थागत गर्न कार्यकर्ताले नेतृत्वलाई सुझाएका हुन् ।
प्रचण्डले पनि हालै बालेनभन्दा ‘चर्को सेन्टिमेण्ट’को खोजी भइरहेको अभिव्यक्ति दिएका थिए । काठमाडौंमा खस्कँदै गएको माओवादीको साख बचाउन कुलमान कार्ड प्रभावकारी हुने बुझाई माओवादी कार्यकर्ता र नेतृत्व दुबैको समान रहेको बुभिन्छ ।
लोकप्रियतको आधारमा कुलमानलाई काठमाडौंको जुनसुकै क्षेत्रबाट उठाए पनि सजिलै जित्न सकिने भए पनि उनी क्षेत्र नं. ३ मा बस्ने भएकाले त्यही क्षेत्रबाट उठाउँदा बढी प्रभावकारी हुने कार्यकर्ताको बुझाइ रहेको छ ।
तर तत्काल सक्रिय राजनीतिमा आउने नआउने बारेमा स्वयम् कुलमान घिसिङले भने औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।